पेट्रोल किन्न निस्किएकी दिब्याको शव फेवातालमा !

पोखरा, फागुन १९ ।
पोखराको फेवातालमा आइतबार बिहान एक युवतीको शव भेटियो । पोखरा ६ स्थित गौरीघाट फेवातालमा तैरिएर रहेको अबस्थामा युवतीको शव भेटिएको हो । कास्कीको अन्नपुर्ण गाँउपालिका २ ढिकुरपोखरी घर भई पोखरा ५ बस्ने १९ बर्षिया दिव्या अधिकारीको शव भेटिएको प्रहरीले जनाएको छ ।

बिहान स्कुटरमा पेट्रोल हाल्न जान्छु भनेर घरबाट निस्कीएको उनकी आमाले बताइन् । छोरीको मृत्युको खबर पाएपछि फेवाताल किनारमा पुगेकी आमाले रुँदै भनिन्–स्कुटरमा पेट्रोल हाल्न हिडेकी छोरी कसरी यहाँ आईपुगी ?

दिव्याको शव हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शव गृहमा पोष्टमार्टमको लागि राखिएको छ । उनले चढेको स्कुटर गौरीघाटमा भेटिएको छ भने स्कुटरको चावी उनकै साथमा थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र गुरुङले जानकारी दिए ।

उनी नर्सिङ दोस्रो वर्षमा अध्ययनरत रहेको परिवार श्रोतले जनाएको छ । उनको साथबाट मोवाइल समेत भेटिएका कारण घटनाको बारेमा थप अनुसन्धान गर्न सजिलो हुने गुरुङले बताए । घटनाको कारण अहिलेसम्म खुलेको छैन ।