शौचालयमै बेहोस भएर पोखरामा एकजनाको मृत्यु

पोखरा, फागुन १० ।
शौचालयमा बेहोस भएर पोखरामा एकजनाको मृत्यु भएको हो । पोखरा १४ खाल्टेमसिना बस्ने २३ बर्षिय समिर रानाभाट आफ्नै घरको शौचालयमा अचेत अवस्थामा फेला परेका हुन् ।

बेहोस भएपछि उनलाई उपचारका लागि क्षेत्रीय अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।