कास्की प्रहरीको गम्भीर लापरबाही, अनुसन्धान नै नगरी अभियुक्त सार्वजनिक

पोखरा, फागुन ५ ।
घटना छिटो सार्वजनीक गर्ने नाममा कास्की प्रहरी सहि सुचना दिनबाट चुकेको छ । गत माघ २९ गते पोखरामा १४ बर्षिय बालक हत्यामा आरोपित युवालाई पक्राउ गरेको प्रहरीले बिना अनुसन्धान अभियुक्तकै भनाइलाई आधार मानेर सूचना सार्वजनिक गरेको तथ्य फेला परेको छ । कास्की प्रहरीले छिटो घटना सार्वजनिक गर्ने नाममा गलत सुचना दिएर अनुसन्धान माथि नै प्रश्न चिन्ह समेत खडा गरेको छ ।

पर्वतको मल्लाज बस्ने २१ बर्षीय बेनि काले भनिने कुमार गर्बुजा ले पोखरामा बस्दै आएका पाल्पाका १४ बर्षीय सचिन सिन्जालीको हत्या गरेको भनि कास्की प्रहरीले घटना भएको १४ र१५ घण्टा भित्रमै हत्याका मुख्य अभियुक्त कुमार गर्बुजा भनि सार्वजनिक गरेको थियो । तर कुमारको वास्तविक थर गर्बुजा नभई दर्जी (परियार) भएको खुलसा भएको छ । घटनाको बारेमा कास्की प्रहरीले अभियुक्त्तको भनाईलाई मात्र आधार मानेर उनका आफन्त तथा सम्बन्धित जिल्लाका प्रहरीसँग समेत समन्वय नगरी गलत सुचना प्रवाह गरेको थियो ।

पत्रकार सम्मेलनमै अभियुक्त कुमारले पहिला अर्कै व्यक्तिले मारेको भनेको र पछी आफैले मारेको भनेर स्वीकार गरेको बताएको प्रहरीले पहिल्यै झुट बोलिसकेको अभियुक्तकै भनाईलाई आधार मानेर बिना अनुसन्धान अभियुक्त सार्वजनिक गर्नुले प्रहरीको अनुसन्धान माथि नै प्रश्न चिन्ह समेत खडा गरेको छ । त्यतिमात्र हैन सडकमा बसेर पैसा मागेर रक्सि खाएका भनिएका अभियुक्त हत्याको रातमा पटक पटक ट्याक्सी चढेर आवतजावत गरेको भनेर प्रहरीले खुलाएको विवरणमा पैसा कहाँबाट आयो भन्न शक्का उब्जिएको छ । यधपी प्रहरीले देखाएको भिडियोमा उसले ट्याक्सी चढेको र अन्य बाह्य गतिबिधि भने प्रस्ट देख्न सकिन्छ ।

प्रहरीले पत्रकार सम्मेलनमा दिएको बिवरण

उता अघिल्लो दिनमा पत्रकार सम्मेलन मार्फत कुमार गर्बुजा भनि गलत सुचना दिएको प्रहरीले भोलि पल्ट बयानको क्रममा बाबुको थरमा कुरा बाझिएपछी समेत त्यसैलाई पुष्टि हुने गरी आमा गर्बुजा भएकोले उनको नाम कुमार परियार गर्बुजा भनेर सच्चाउने प्रयास गरेको थियो । तर कुमारकी आमा गर्बुजा नभई उनको नाम चमेली दमाई रहेको र उनको कुमार ३र४ बर्ष उमेरको हुदा मृत्यु भइसकेको थाहा हुन् आएको छ । यसरि अभियुक्त्तको भनाईलाई मात्र आधार मानेर सामान्य अनुसन्धान समेत नगरी कास्की प्रहरीले पटक पटक गलत सुचना दिएको छ । अघिल्लो दिन समाचारमा कुमार गर्बुजा भनिएकोमा भोलिपल्ट आफुहरुले किटानी जाहेरी दिनेबेलामा प्रहरीले अभियुक्तको नाम कुमार गर्बुजा परियार लेख्न लगाएको र आमाको नाम चमेली गर्बुजा लेख्न भनेको मृतक सचिनका फुपा खडक बहादुर साईले बताए ।

कुमारको थर गर्बुजा भएको भनि प्रहरीले दिएको सुचनाको आधारमा संचार माध्यममा गलत समाचार प्रवाह भएसंगै पर्वतका स्थानीय गर्बुजा समुदायले घटनाको बारेमा निकै चासो र चिन्त्ता ब्यक्त गरेपछि सोधखोज गर्ने क्रममा उनको थर गर्बुजा नभइ दर्जी (परियार ) भएको र आमापनि उनकै जातथरको भएको खुलासा भएको छ ।

हत्याका मुख्य अभियुक्त्त कुमारका बाबु एंव उनका आफन्तबाटै १९ बर्षिय अभियुक्तको थर गर्बुजा नभई कुमार दर्जी (परियार) भएको खुलासा भएको हो । कुमारकी आमा चमेली दमाई र बाबुको नाम मन बहादुर दर्जीं (परियार ) भएको पुष्टि भएको छ । कुमारका बाबु मन बहादुरले आफ्नै छोराको डरले पटक पटक घर छाड्दै बस्नु परेको गुनासो समेत गरेका छन् ।

उनले हामीसंग टेलिफोनमा कुराकानी गर्दै भने “मेरो छोरा कुमारले म सहित हाम्रो गाँउमै पटक पटक चोरी डकैति गर्ने धम्काउने गर्दै आएको थियो, त्यसलाई भारतको वम्वैसम्म पुराउदा पनि रेलमा झुण्डेर पनि नेपाल आएको हो, छोरो मेरै हो तर उनको व्यवहार मैले सुधार गर्न सकिन, मलाई ठुलो चिन्ता लागेको छ ।” उनले आफ्नो छोरा पटक पटक बिभिन्न मुद्दामा पर्वत तथा बेनीमा पक्राउ परेर थुनामा परेपनि नसुध्रिएको बताए । “मेरो श्रीमतीलाई र मलाईनै गाजा रक्सि खाएर चक्कु देखाउदै मार्छु भन्दै आउथ्यो अहिले ज्याननै मारेछ।”– मन बहादुरले दुख ब्यक्त गर्दै भने । उनले आफ्नी पहिली श्रीमती चमेली दमाई रहेको र उनको माइती तनहुँको थर्पुमा भएको समेत बताए । मन बहादुरले दोश्रो विवाह गरी हाल पर्वतको जलजला १ को छिनाखेतमा बस्दै आएका छन्।

कुमारका बाबु मनबहादुर

पर्वत जलजला १ का लक्ष्मण गर्बुजाले आफु गर्बुजा भएका कारण आफुलाई आफन्त तथा स्थानियले शंका गरेर उक्त घटनाको बारेमा पटक पटक सोधपुछ गर्ने गरेकोले आफुलाई विना कारण सोधपुछ गर्दा निकै तनाव भएको गुनासो गरे । उनले भने “ प्रहरीले गहिरो अनुसन्धान र सोधपुछ विना हत्याराको सहि पहिचान नगरी उसैले भनेका आधारमा सुचना प्रवाह गर्दा हामीलाई अप्ठारो परेको छ ।”

यस बिषयमा कास्कीका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले आफुहरुले अभियुक्त्त कुमार संगैको सोधपुछका आधारमा सुचना सार्वजनिक गरेको स्विकार गरेका छन् । उनले भने – ” हामीले उसैले दिएको बयानका आधारमा सूचना दिएका हौ , अहिले अनुसन्धान गर्दैछौ ।”

अभियुक्त पक्राउ परेपछि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयसँग सामान्य सोधपुछ तथा समन्वय समेत नगरी गलत सूचना जाने गरि अभियुक्तलाई सार्वजनिक गरिनुले प्रहरीको अनुसन्धान माथिको विश्वसनीयतामा समेत प्रश्न उब्जिन सक्छ ।

अभियुक्त्त कुमार दर्जी (परियार) बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्वतमा समेत पटक पटक झैझगडा लगायतका घटनामा उजुरी परेको खुल्न् आएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी इन्स्पेक्टर रबिन्द्र बहादुर श्रेष्ठले कुमारको बारेमा बिभिन्न समयमा उजुरी परेको र धेरै पटक मेलमिलाप गरेर पठाइएको बताए ।

उता अभिक्त्त कुमार परियार २०७३ मंसिर १३ गते वेनिमा ट्याक्टरका पाटपुर्जा चोरी लगायतका सार्वजनिक अपराधको मुद्धामा पक्राउ परेको तथ्य फेला परेको छ । जिल्ला प्रहरी कार्यालय वेनिले उनलाई सार्वजनिक अपराधको मुद्धामा पक्राउ गरि २० दिन पछि छाडेको मुद्धाफाँडका सई शुर्दशन लम्सालले जानकारी दिए ।

यसरी विभिन्न आपराधिक घटनामा संलग्न रहिसकेका अभियुक्त्तलाई सामान्य अनुसन्धान वेगर सार्वजनिक गर्दा समाजमा गलत सूचना त प्रवाह गरेको छ नै यसले पत्रकार सम्मेलनमा भनिएका कुरा र आरोपित माथिनै थप शंका उब्जाएको छ ।

पोखरा न्यूज डटकमका लागि पत्रकार गणेश बराल र दीननाथ बरालले यो खवर लेखेका हुन् ।