भेरी नदीमा खस्यो बस, ३ जनाको मृत्यु

जाजारकोट, फागुन २ ।
नेपालगन्जबाट रुकुमको राडीबजारतर्फ जाँदै गरेको बस भेरी नदीमा खसेको छ । दुर्घटनामा ३ जनाको शव फेला परेको र ५ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

जाजरकोटको खलंगा–रिम्ना सडक खण्डको पिपे गाउँभन्दा करिब २ सय मिटर तल भे १ ख १३२९ नम्बरको बस बिहीबार साँझ नदीमा खसेको इन्सपेक्टर केशर कार्कीले बताए । उनका अनुसार बसमा ३ स्टाफ, १ जना महिला सहित ८ यात्रु रहेका थिए । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।