पोखरामा स्कुटर र मिक्चर गाडी ठोकिँदा एकजनाको मृत्यु

पोखरा, माघ २० ।
पोखरा महानरपालिका २६ सुन्दरीबजारमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । स्कुटमा सवार पोखरा ११ चापापानीकी ५० बर्षिया चित्र कुमारी गुरुङको मृत्यु भएको हो ।

पृथ्वी राजमार्ग अन्र्तगत सुन्दरीबजारमा ग १३ प ५७८० नम्बरको स्कुटर र रेडी मिक्चरको गाडी ग १ क ३५७० नंम्बरको ठक्कर खाँदा स्कुटरमा सवार उनी घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनका श्रीमान् ५२ बर्षिय बिरेन्द्र सिंह गुरुङ घाइते भई उपचार भइरहेको छ ।