चट्याङ पर्दा करेण्ट लागेर तनहूँमा किशोरीको मृत्यु
पोखरा, माघ ११ ।
तनहूँमा चट्याङ पर्दा करेण्ट लागेर एकजनाको मृत्यु भएको छ । तनहूँको ऋषिङ गाउँपालिका १ काहुँशिवपुर घर भई सोही गाउँपालिका २ लिमाश्वारामा माइती गएकी २० बर्षिय मीना थापाको मृत्यु भएको हो ।
मोवाईल चार्जमा राखेर भिडियो हेरिरहेकी उनी अचानक चट्याङ पर्दा मोवाईलमा करेण्ट लागेर घाईते भएकी थिईन् । गम्भीर घाईते थापालाई उपचारका लागि दमौली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ् पर्दा र विजुलि चम्किँदा सावधानी अपनाउन समेत प्रहरीले सचेत गराएको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।