सिर्जनाचोकमा स्टार रेष्टुरेण्ट
पोखरा, मंसिर २६ ।
पोखराको सिर्जनाचोकमा नयाँ रेष्टुरेण्ट सञ्चालनमा आएको छ । एक महिनादेखि परीक्षणमा रहेको स्टार लाउञ्ज एण्ड वारको विहिबार विशेष कार्यक्रम सहित उद्घाटन गर्ने तयारी छ । रेष्टुरेण्टले एक सातासम्म ग्राण्ड ओपनिङ कार्यक्रम गर्ने जनाएको छ ।
ग्राण्ड ओपनिङमा नेपाल आईडलका फाइनलिष्ट प्रताप दास र ‘ठमेल बजार’ की गायिका मिना निरौलाले प्रश्तुती दिनेछन् । मंसिर २७ देखि पुस ३ गतेसम्म ग्राण्ड ओपनिङ गर्ने र ओपनिङको अवसरमा ग्राहकलाई १० प्रतिशत छुटको ब्यवस्था मिलाईएको सञ्चालक पञ्च तमुले जानकारी दिए ।
‘रेष्टुरेण्टको शहर पोखरामा भिन्दै किसिमको स्वाद पस्किने हाम्रो योजना हो । हामी सरसफाई र हाईजनिक खानामा विशेष जोड दिन्छौं, उनले भने–ओपन किचन छ । पारिवारिक वातावरण सहित मनोरञ्जन पारखीलाई पनि सांगितिक माहोल हुनेछ । नेपाली, चाइनिज र इण्डियन खाना सहित अण्डर ग्राउण्ड पार्किङको ब्यवस्था मिलाएका छौं ।’
रेष्टुरेण्ट करिव ५० लाख रुपैयाँको लागतमा सञ्चालन गरिएको हो । ५ जना यूवा ब्यवसायीले संयुक्त रुपमा रेष्टुरेण्ट सञ्चालन गरेका हुन् ।