टेलिफोनको खम्बामा मोटरसाइकल ठोक्किँदा गोरखाका सुर्खेतीको मृत्यु

काठमाण्डौं, मंसिर २३ ।
टोखा नगरपालिका ६ मिलन चोकमा मोटरसाईकल दुर्घटना हुँदा गोरखाका सुवास सुर्खेतीको मृत्यु भएको छ ।

बा ६५ प ८०६५ नम्बरको मोटरसाईकल टेलिफोनको खम्बामा ठोक्किएर दुर्घटना हुँदा काठमाडौंको बसुन्धारामा बस्दै आएका सुर्खेतीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका गोरखाकै सुदीप सुर्खेतीको ग्रान्डि अस्पतालमा उपचार भइरहेको छ । चालकले जाँडरक्सी खाएर मोटरसाइकल चलाएको प्रहरीले जनाएको छ ।