दुखद खवर–गण्डकी प्रदेश सांसद ओमकला गौतमका छोराको दुर्घटनामा निधन

पोखरा, मंसिर १९ ।
गण्डकी प्रदेशसभाकी सांसद ओमकला गौतमका छोरा नवीन गौतमको स्कुटर दुर्घटनामा निधन भएको छ । मंगलबार राती नवलपुरमा आफैले चलाउने ना २५ प ८३९० नम्बरको स्कुटर दुर्घटना हुँदा उनको निधन भएको हो । साँझपख ५ बजेतिर घरबाट निस्किएका नवीन कहाँ गएका थिए भन्ने अहिलेसम्म खुलेको छैन ।

करिब साढे १० बजेतिर प्रगतिनगर नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले उनलाई तत्कालै भरतपुर जिल्ला अस्पताल पठाएको थियो । तर अस्पताल पुग्ने वित्तिकै डाक्टरले मृत घोषणा गरेका हुन् ।

स्कुटरलाई कुनै गाडीले ठक्कर दिएको अनुमान छ । यद्यपी कुन गाडीले ठक्कर दिएको अहिलेसम्म खुलेको छैन । यद्यपी अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।