पोखराको तारापुञ्ज स्कुलबाट शैक्षिक भ्रमण गएको बसले ठक्कर दिँदा गोरखामा विद्यार्थीको मृत्यु

पोखरा, मंसिर १४ ।
पोखराबाट गोरखाका लागि शैक्षिक भ्रमणमा गएको बसले ठक्कर दिँदा गोरखामा एक बालकको मृत्यु भएको छ । गोरखा नगरपालिका १२ स्थित १० किलोमा बसले ठक्कर दिँदा स्थानीय ९ बर्षका प्रिस थापाको मृत्यु भएको हो ।

पोखरा १३ मा रहेको तारापुञ्ज सेकेण्डरी स्कुलका विद्यार्थी भ्रमण लिएको गएको ग १ ख ६३९६ नम्बरको बसको ठक्करले बालकको मृत्यु भएको हो । सेण्ट जोसेफ स्कुलमा अध्ययनरत थापालाई स्कुलबाट फर्कने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घटनापछि भ्रमणमा गएका विद्यार्थीलाई अर्को बसमा पठाईएको छ भने बस प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।