हामी हात्तिछाप चप्पल होईनौंः बाबुराम

पोखरा, साउन ३२ ।

समाजबादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी हात्तिछाप चप्पल नभई हात्तिभएको दावी गरेका छन् । हात्ति बलियो कि हात्तिछाप चप्पल बलियो भनेर सानो छँदा विज्ञापन सुन्ने गरेको किस्सा सुनाउँदै उनले समाजवादी पार्टी हात्ति भएर निस्किएको बताएका हुन् । ‘धेरै मान्छेहरुले यो पनि पूरानै जस्तै एउटा थप पार्टी हो भन्नछन् । हल्लैहल्लामा दौडिन्छन् उनीहरु । ‘हात्ति र हात्तिछाप चप्पल एउटै एउटै हो नानी’ भन्ने विज्ञापन हामी पढ्थ्यौं र कहाँको हात्तिकहाँको हात्तिछाप चप्पल?,’ उनले भने, ‘समाजवादी पार्टी हात्तिछाप चप्पल होईन । बास्तवमा बलियो, नयाँ हात्ति हो । राजनीतिक रुपमा विकल्पको रुपमा अगाडी आउँदै गरेको पार्टीको सुरुवात हो ।’

उनले सरकारका गतिविधिले नेपालको अन्तराष्ट्रिय स्तरमै बेइजत भएको बताएका छन् । पोखरामा समाजवादी पार्टीको प्रदेश कमिटिका पदाधिकारी र सदस्यहरुलाइ सपथ गराएपछि उनले पूराना शक्तिबाट देश परिवर्तन असम्भव भएकोले त्यसको नेतृत्व आँफूहरुले गर्ने दावीगरे । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले पूराना शक्तिसँगनयाँ सोंच र कार्यशैैली नभएको भन्दैै अहिलेको आवश्यक्ता समाजवादी पार्टीले मात्रै पूरा गर्न सक्ने बताए । उनले केही समय अघि नेकपाका अध्यक्षद्वयको विदेश भ्रमणप्रति कटाक्ष गरेका छन् । ‘एकजना सिंगापुर जानुभो । एकजना छुट्टी मनाउनदुवै जानुभो, त्यसले के बुझ््ने हो ? अनि यस्ता मान्छेहरुले समृद्धी ल्याउँछन् ?,’ उनले अघि भने, ‘आफ्नै देशमा अन्तराष्ट्रिय स्तरको अस्पताल बनाउन नसक्ने र सामान्य उपचारका लागि पनि विदेश जाने मान्छेसँग समृद्धीको आसा गर्न सकिँदैन ।’

भट्टराईले काँग्रेस र कम्युनिष्ट नाम र झण्डा बाहेक अरु कुरामा भिन्न नभएको भन्दै नयाँ विकल्प समाजवादी पार्टी हुने दावी गरे । ‘काँग्रेस र कम्युनिष्ट, जो एउटा ब्राण्ड र झण्डा मात्रै बाँकी रहे । कोकाकोला र पेप्सीकोला भने जस्तो ब्राण्ड मात्रै रहे । तिनिहरुको स्वादमा, तिनिहरुको गुणमा कुनै पनि खास अन्तर छैन, उनी भन्छन्, ‘त्यसैले अव नेपाली जनताले सच्चा विकल्प दिन सबैले अग्रगामी शक्तिहरु, प्रगतीशिल शक्तिहरु, संघीयता, सुशासन समृद्धीका पक्षधर शक्तिहरु, २१ औं शताब्दी सुहाउँदो एउटा समृद्ध संघीय समाजवादमा विश्वास गर्ने शक्तिहरुको एउटा नयाँ ध्रुव निर्माण गर्नुपर्छ भन्ने जुन अभियान सुरु ग¥यौं । यसले देशभित्र मात्रै होईन अन्तराष्ट्रिय रुपमा नै तरङ्ग ल्याएको देखेका छौं ।’

पोखरामा भएको प्रदेश कमिटिको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको कार्यशैलिबाट जनता आजित भएको तर्क गरे । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको एकीकरण अहिलेसम्म नटुंगिएको प्रशंग निकालेर उनले ३ महिनाभित्रै आफ्नो पार्टीको एकीकरण र कार्यविभिाजन पूरा भएको भन्दै आफूहरु अन्तराष्ट्रिय बैकल्पिक शक्तिको रुपमा स्थापित भएको बताए ।