सैनिक जवानले आफैंलाई हाने गोली, कारण के हो ?

काठमाण्डौं, फागुन १९ ।
नेपाली सेनाको बरख गण धनकुटामा कार्यरत सैनिक जवान चेतराज जोशीले आफूले बोकेको हतियारले आफैलाई गोली हानेका छन् । उनको उपचारकाक्रममा शनिबार राती मृत्यु भएको छ ।

गणको डिउटीमा रहेका सैनिक जवान जोशीले शनिबार राती आफैंलाई गोली हानेका हुन् । सैनिक प्रवक्ता सहयाक रथी यमप्रसाद ढकालले प्रारम्भीक अनुसन्धानमा जवानले आफूले बोकेको हतियारले आफैंलाई गोली हानेको खुलेको बताए । घटनाको बिस्तृत अनुसन्धान भइरहेको उनको भनाई छ ।

डोटी स्थायी ठेगाना भएका जवान जोशीले डिउटीका लागि एम १६ राइफल बोकेका थिए । सोही राइफलले उनले आफ्नै छातीमा गोली हानेका हुन् । घटनाको कारण भने अहिलेसम्म सार्वजनिक भएको छैन ।