सेल्फी खिच्न लाग्दा फेवातालमा डुवेर एकजना बेपत्ता

पोखरा, मंसिर २४ ।
सेल्फी खिच्ने क्रममा पोखराको फेवातालमा खसेर एक जना बेपत्ता भएका छन । पोखरा घुम्न आएका काठमाण्डौंका रोशन श्रेष्ठ डुंगा सयर गर्दै तालको बीचमा पुगेर सेल्फी खिच्न लाग्दा खसेर बेपत्ता भएका हुन् ।

दिदी रोशनीसँग उनी आइतबार पोखरा आएका थिए । सेल्फी खिच्नकै लागि उनले लाइफ ज्याकेट समेत फुकालेका थिए । अहिले प्रहरीको रेस्क्यु टिमले खोजीरहेको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।