सीडीओ र एसपी सवार गाडी दुर्घटना शंकास्पद

काठमाण्डौं, फागुन ७ ।
बारामा तीन साताअघि भएको जीप दुर्घटना शंकास्पद देखिएको छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ– सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको मृत्यु तथा बराका सीडीओ गणेश भट्टराई गम्भीर घाइते भएको दुर्घटनामा चालकले ब्रेक नै लगाउने प्रयास नगरेको पीडित पक्षको आरोप छ ।

चालकलाई केही नहुनु र स्कारपियो गाडी दुर्घटना हुँदा ‘एयरब्याग’ समेत नखुल्नुलाई शंकास्पद रुपमा लिइएको हो ।