संसदीय दलको बैठकमा कड्किए ओली, सरकारको प्रतिरक्षा गर्न निर्देशन

काठमाण्डौं, असार २२ ।
भारतबाट आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतसामु झुकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् ।

पार्टी संसदीय दलको शनिबारको बैठकमा उनीहरुले ‘राष्ट्रवादी’ छवि बनाएको सरकारबाटै यस्तो निर्णयआउनु आश्चर्यजनक भएको बताए ।

आजको कान्तिपुर दैनिक लेख्छ–प्रधानमन्त्री ओली सांसदका आलोचनाबाट आक्रोशित भए । सहभागी एक सांसदका अनुसार दलकै नेता र सांसदले सरकारका कामकारबाहीलाई लिएर संसद, संसदीय समिति र सार्वजनिक मञ्चमा आलोचना गरगरेकामा प्रधानमन्त्री आक्रोशित भएका हुन् ।

त्यसक्रममा उनले फौजी सिपाहीले जस्तै सरकारको प्रतिरक्षा गर्न सांसदहरुलाई निर्देशन दिए ।