राष्ट्रपति भण्डारीले गरिन विन्ध्यवासिनी मन्दिरको लिफ्ट उद्घाटन

पोखरा, फागुन, २३ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्दवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको उद्घाटन गरेकी छिन् । कोरियाली कम्पनी हुण्डाई र नेपालको लक्ष्मी ग्रुपको आर्थिक सहयोगमा विन्दवासिनी धार्मिक क्षेत्र विकास समितिले लिफ्ट निर्माण गरेको हो ।

लिफ्ट बनाउन १ करोड रुपैयाँ लागत लागेको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए । अपाङ्गता भएका र अशक्तहरुलाई लक्षित गरि लिफ्ट बनाइएको उनले सुनाए ।

लिफ्टमा एक पटकमा १२ जनासम्म चढ्न मिल्ने र भारवहन क्षमता ६ सय ४० किलोग्राम रहेको जनाइएको छ । लिफ्ट उद्घाटनका लागि पोखरा पुगेकी राष्ट्रपति भण्डारीले मन्दिरमा पूजाअर्चना पनि गरेकी थिइन् ।