मुस्ताङमा मोटरसाईकल दुर्घटना, चालक भटराईको अवस्था चिन्ताजनक

सुन्दरकुमार थकाली
मुस्ताङ, पुस ८ ।
हिमाली जिल्ला मुस्ताङमा पहिलो पटक मोटरसाईकल दुर्घटना हुदा काठमान्डौ महानगरपालिका मुलपानी बस्ने वर्ष २८ का भबेस भटराईको अवस्था चिन्ताजनक रहेको अस्थायी ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक बिष्णुपल्ली मगरले जानकारी दिए ।

काठमान्डौ देखि मुक्तिनाथ मन्दिरको दर्शन गर्न बा ५६ प ८८२९ नम्बरको मोटर साईकल यात्रा गदै मुस्ताङ आएका सवारी चालक भटराईसहित अर्को एक व्यक्तिको आईतवार साझ करिव ५ बजेको समय जोमसोम र पान्डाखोला सडकबीच कालिगण्डकी नहरमा दुर्घटना भएको सहायक निरीक्षक मगरले बताए ।उनका अनुसार मोटरसाईकलको पछाडि पट्टी बस्ने व्यक्ति भने सकुशल रहेका छन्

दुर्घटनाको खबर पाएपछि प्रहरी टोली घटना स्थल पुगेको थियो । चिन्ताजनक अवस्थामा रहेका घाईते भट्राईको थप उपचारका लागि स्थानीय जीप मार्फत पोखरातर्फ लैजादै गरेको ट्राफिक प्रहरी सहायक निरीक्षक मगरले जानकारी दिए ।

मुस्ताङको सडकमा चल्ने बस तथा जीपहरु दुर्र्घटना भएपनि मुस्ताङको सडकमा मोटरसाईकल दुर्घटना भने पहिलो हो । स्थानीय रुटमा चल्ने बस कागबेनीमा दुईपटक दुर्घटना भएको हो भने,बेनी जोमसोम कोरला सडकमा प्रयोग भएको ट्रिपर दुर्घटना हुदा २० जनाको ज्यान गएको थियो ।

पछिल्लो समय बेनी जोमसोम सडक फराकिलो र स्तरोन्नति गर्दैगर्दा विभिन्न जिल्लाबाट नेपाली यूवाहरु मोटरसाईकलको यात्रा गर्दै मुस्ताङ आउने क्रममा बृद्धि भएको अस्थायी ट्राफिक कार्यालय जोमसोमले जनाएको छ ।