मिट टाउनको रक्तदानमा २७ यूनिट रगत संकलन

पोखरा, जेठ १७ ।

लायन्स क्लब अफ पोखरा मिड टाउनले बिहिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा २७ यूनिट रगत संकलन भएको छ । क्लबका अध्यक्ष ठाकुरप्रसाद अधिकारीको अध्यक्षता तथा पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ का वडा अध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै बरालले लायन्स क्लबले विभिन्न सामाजिक तथा महत्वपूर्ण काम गर्दै आएको बताए । कार्यक्रममा २७ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सुरेन्द्र पौडेलले जानकारी दिए ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका ब्लड डोनेसन कमिटी चियरपर्सन चुडामणि बराल, रिजन चियरपर्सन बिनोद ढुंगाना, ब्लड बैंकका ईन्चार्ज धुव्र लामिछाने लगायतले बोलेका थिए । क्लबका सचिव रविराज भुत्र्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।