भारी बिसायर आराम गर्न बसेका पोखराका बरालको चौतारामै निधन
पोखरा, असोज ४ ।
पोखरा महानगरपालिका २२ (पुम्दी भुम्दी) तिलाहार निवासि ६२ बर्षीय खडानन्द बरालको हृदयघातबाट निधन भएको छ । मंगलबार स्थानिय धोविखोलामा घाँस काटेर भारी बोकेर आउदै गर्दा बिच बाटोमा रहेको नयाँ चौतारोमा भारी बिसायर आराम गर्न बसेका बरालको हृदयघातबाटै निधन भएको स्थानियले बताएका छन् ।
बराललाई मंगलबार दिउँसो करिब २ः४५ बजे स्थानियले चौतारामा अचेत अवस्थामा भेटेपछि उनको उपचारको लागि पोखराको नमस्ते हस्पिटलमा लगेका थिए । हस्पिटल पुर्याउन साथ उनलाई हस्पिटलले मृत घोषणा गरेको उनका आफन्त भोलानाथ बरालले बताए ।