भारतीय हतियारधारीले सुनसरीमा प्रधानध्यापक मारे

सुनसरी, असोज ४ ।
सुनसरीको भुताहामा भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका प्रधानाध्यापकको हत्या गरेको छ । स्थानीय विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार गरी हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार प्रहरी र हतियारधारी समूहबीच पनि गोली हानाहान भएको छ । घटनामा प्रहरीमा पनि घाइते भएका छन् । यद्यपि, कति घाइते भए भन्ने विवरण आइसकेको छैन । अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ । उनीहरु चारै जना फरार छन् ।