बाबा आनन्द सञ्चार पुरस्कार पत्रकार परियारलाई
पोखरा, मंसिर ४ ।
बाबा फाउण्डेशन नेपालले सञ्चालन गरेको स्वर्गिय आनन्दराज श्रेष्ठको स्मृतिमा स्थापित बाबा आनन्द सञ्चार पुरस्कार–२०७५ कान्तिपुर दैनिकका पत्रकार दीपक परियारलाई प्रदान गरिने भएको छ । मंगलबार बसेको प्रतिभा छनोट समितिको बैठकले बिगत ११ बर्षदेखि निरन्तर पत्रकारिता पेशामा संलग्न परियारलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
पोखरा महानगरपालिका ३२ निवासी उनले जनदिशा राष्ट्रिय दैनिकबाटबाट पत्रकारिता सुरु गरेका हुन् । उनले यसअघि पोखरामै रहेर स्वाभिमान साप्ताहिक, गोरखापत्र राष्ट्रिय दैनिक, हटलाइन दैनिक, समाधान दैनिक, नेपाल खबर डट कम, अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा संवाददाताको रुपमा काम गरिसकेका छन् । गण्डकी खबर दैनिकको संवाददाताबाट सहसम्पादक हुँदै कार्यकारी सम्पादकको जिम्मेवारी सम्हालेको अनुभव उनीसँग छ ।
पुरस्कार मंसिर ९ गते आईतवार प्रदान गरिने छ । पुरस्कारको राशी यसबर्षदेखि बृद्धी गरि १९ हजार ५ सय ५५ रुपैया पुर्याईएको छ । बाल अधिकार संरक्षण र प्रवद्र्धन तथा वातावरण संरक्षणको बिषयमा बर्ष भरी उष्कृष्ट लेख तथा समाचार प्रकाशन एवं प्रशारण गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मिलाई पुरस्कार प्रदान गरिने छनोट समितिका सदस्य सचिव एवं बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीले बताए ।
प्रतिभा छनोट समितिमा नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष नारायण कार्कीकोे संयोजकत्वमा सदस्यहरुमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पुर्व सम्मानित ब्यक्तित्व कृष्णमणी बराल, पुरस्कार स्थापना गर्ने परिवारका सदस्य सर्मिला श्रेष्ठ र बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारी रहेका थिए ।