प्रधानमन्त्री ओलीको सिंगापुर बसाई दुई दिन लम्बियो, आइतबारमात्रै स्वदेश फर्कने

 

काठमाडौं, साउन २४ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाइ दुई दिन लम्बिएको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कने तालिका थियो । तर स्वास्थ्य परीक्षण जारी रहेकोेले थप दुई दिन सिंगापुरमै रहने तय भएको बताइएको छ ।

प्रधानमन्त्री ओली आइतबार अपरान्हमात्रै स्वदेश फर्कने कार्यक्रम बनेको छ ।

यसअघि थाइल्याण्डमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओलीको यसपटक सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ । उनी यही साउन १८ गते त्यसतर्फ गएका थिए ।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्यीय टोली छ ।(ईमेजखबरबाट साभार)