पोखरामै यस्ता ठग–फेसबुकबाट म्यासेज पठायो, नक्कली लाईसेन्स बनाएर पैसा असुल्यो

पोखरा, मंसिर २६ ।
यातायत व्यावस्था कार्यालयको फेसबुक पेज र ग्रुप बनाएर ठगी गर्ने एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । नक्कली पेज र ग्रुपबाट डिल गरेर नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिँदै पैसा अुसल्ने पर्वतका सरोज चपाईंलाई पक्राउ गरिएको हो ।

उनले पेज र ग्रुपबाट डिल गरेर एउटै नक्कली लाईसेन्सको नक्कली कागज बनाईदिए बापत ४० देखि ६० हजार असुलेको अनुसन्धानबाट खुलेको छ । ‘हामी सजिलै तपाईलाई लाईसेन्स फर्म भर्ने र ट्रायल दिने तथा लाईसन निकाल्न समेत सहयोग गर्छौ भनि ठगी गरेको भेटियो, कास्की प्रहरी प्रबक्ता रवीन्द्रमान गुरुङले भने–एउटै मान्छेसँग ६० हजारसम्म पनि असुलेको देखिन्छ ।’

पक्राउ परेका सरोजलाई म्याद थप गरि अनुसन्धान थालिएको गुरुङले जानकारी दिए । सरोज विरुद्ध पहिले नै जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत परेको थियो ।