पोखरामा मोटरसाईकलले साईकललाई ठक्कर दियो, २ जना घाईते

पोखरा, भदौ १३ ।
पोखराको विजयपुर खोलामा मोटरसाईकलले साईकललाई ठक्कर दिँदा २ जना घाईते भएका छन् । साईकल यात्री बाटो काट्ने क्रममा ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाईकल चालक र साईकल पछाडी बस्ने घाईते यात्रु भएका छन् ।

ग १३ प ३९८७ नम्बरको मोटरसाईकलले साईकललाई ठक्कर दिँदा चालक तनहुँ बेलचौताराका बिजय गैरे र साईकलको पछाडी बस्ने अन्जिता केसी घाईते भएका हुन् । उनीहरुको पार्कल्याण्ड अस्पतालमा उपचार भैरहेको छ ।