पोखरामा फुडल्याण्ड–१ सय रुपैयाँमै स्वादिष्ट खाना

पोखरा, बैशाख १३ ।
पोखरा र महंगी अहिले पर्याबाची जस्तै बनिसकेका छन् । त्यसो त पोखरा पर्यटकीय शहर पनि हो । विश्वबजारसँग सोझै सम्बन्ध राख्ने पोखराले राम्रैसँग बुझेको ग्राहकको रोजाई र उनीहरुको खर्च गर्ने शैलि पनि ।

पोखरामा अहिले सस्तोमा स्वादिष्ट खाना खुवाउने होटल खुलेको छ । युवा व्यवसायी सोनु लिम्बुले न्यूरोडमा पोखरा फुडल्याण्ड सञ्चालनमा ल्याएकी हुन् । ‘नाम चलेको थकाली खाना भन्दा कम गुणस्तर हुँदैन । अफिसमा काम गर्ने र ब्यस्त जीवनशैली भएकाहरुलाई मध्येनजर गरेर फुडल्याण्ड सञ्चालनमा ल्याएको हुँ, उनले भनिन्–यहाँ चिकेन र सादा खाना सस्तोमा खान पाईन्छ ।’

उनका अनुसार सिङ्गल भेज खानालाई १ सय १० रुपैयाँ र दुईवटा भेज खाना २ सय रुपैयाँमा पाईन्छ । यस्तै चिकन खाना चाहीँ ४ सय रुपैयाँ पर्ने उनको भनाई छ । फुडल्यान्डलाईं सन् २०३० सम्ममा देशभरका शहरमा विस्तार गर्ने लक्ष्य छ ।

Photo-Prichayanetwork