पोखरामा पाडोकै नाम संविधान, धार्मिक पुजाआजा गरी पाडाको न्वारन

पोखरा, असोज ४ ।
पोखरा महानगरपालिका ३० खुदीमा भैंसीले जन्माएको एउटा पाडोको नाम संविधान राखिएको छ । खुदी स्थित सरोज भुर्तेलको गोठमा संविधान दिवसको दिन पाडो जन्मिएकोले नाम संविधान राखिएको स्थानीय बताउँछन् ।

भुर्तेलका अनुसार बुधबार जन्मिएको पाडोको धार्मिक विधीअनुसार पूजा गरी न्वारन समेत भएको थियो । धार्मिक प्रचलनअनुसार नै पाडोको नाम संविधान राखिएको भुर्तेल बताउँछन् । उनले देशमा संविधान वनेर मानव मात्रै नभई पशुबधलाई समेत रोक्न पुजाआजा सहित पाडोको न्वारन गरिएको बताए ।