पोखराबाट पेसेवार चोर पक्राउ, ठूलो मात्रामा सुन र चाँदीका गहना बरामद

पोखरा, पुस १ ।
पोखरामा पेसेवार रुपमै चोरी गर्दै आएका एकजना पक्राउ परेका छन् । पोखराका विभिन्न सुनचाँदी पसल, किराना र मोवाईल पसलहरुमा चोरी गर्ने इन्द्रबहादुर थापालाई पक्राउ गरेको हो ।

धेरै उजुरी र गुनासो आएपछि प्रहरीले निरन्तरको निगरानी र सिसी टिभी क्यामेराको सहायताले कपिलबस्तु घर भई पोखरा १० शान्तिपथमा बस्दै आएका २२ बर्षिय दिपिन भनिने थापालाई पक्राउ गरेको हो ।

उनको साथबाट चाँदीको कल्ली १ जोर, चाँदीकै फोल्डिङ बाला १ जोर, चाँदीको चुरा १ थान, चाँदीको बाला १ थान, चाँदीको सिक्रि ३ थान, चाँदीको पन्चरत्ने वाला २ थान बरामद गरेको छ ।

यसअघि मंसिर २१ गते पोखरा ११ रानीपौवाको मोवाईल र सुनचाँदी पसल तथा मंसिर २४ गते पोखरा १५ घलेचोकमा दुईवटा सुनचाँदी पसल र एउटा किराना पसलमा पनि उनले नै चोरी गरेको खुलेको छ ।

यसबाहेक उनको कोठाबाट चोरि गरेको सामानहरु सुनको कटारी गेडी ९ पिस, सेतो चाँदीको बाला १ थान, चाँदीको पत्थरऔठी २ थान, चाँदीको गोला पाउजु १ थान, चाँदीको ड्यासवाला पाउजु १ जोर बरामद गरिएको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।