पोखराको विन्ध्यवासिनीमा मोटरसाईकल र स्कुटर ठोकिँदा दुईजना घाईते

पोखरा, मंसिर १८ ।
पोखराको विन्ध्यावासिनी चोकमा मोटरसाईकलले स्कुटरलाई ठक्कर दिँदा दुईजना घाईते भएका छन् । नम्बर नखुलेको मोटरसाईकलले ग ७ प ७७३४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटनामा स्कुटर चालक सिम्पानीकी ४० बर्षिया भीममाया तामाङ र पछाडी सवार ४२ बर्षकी मीना गुरुङ घाईते भएका हुन् । दुवैजनाको अस्पतालमा उपचार भैरहेको छ ।

फरार मोटरसाईकल खोजी भैरहेको कास्की प्रहरीले जनाएको छ ।