पोखराको दिपमा फर्निचर पसल आगलागी, १५ लाखको क्षति

पोखरा, मंसिर १७ ।
पोखरा १६ दिपमा फर्निचर पसल आगलागी भएको छ । दिप हाउजिङमा बस्ने कालि गुरुङले सञ्चालन गर्दै आएको फर्निचर विद्युत सर्ट भएर आगलागी भएको हो ।

पसलमा रहेका सबै फर्निचरहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १५ लाख बराबरको क्षति भएको छ । आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।