वडा सदस्य (कमल) ले समाते पत्रकार पौडेलको कठालो

पोखरा, वैशाख २
पोखरा लेखनाथ महानगरपालिका वडा नं. २१ का वडा सदस्य राम बहादुर गुरुङ् (कमल)ले पत्रकार हिमलाल पौडेल माथी दुव्र्यवहार गरेका छन् । सार्वजनिक सरोकारका विषयमा अनावस्यक चासो राखेको भन्दै जनप्रतिनिधि गुरुङ्ले पत्रकार पौडेलको कठालो समातेका पिडित पौडेलले बताए । साथै गुरुङ्ले आफुलाई ज्यान मार्ने सम्मको धम्की दिएको पौडेलले बताएका छन् । पोखरा १७ छोरेपाटन स्थित एक साईवरमा काम गरिरहेका बेला पत्रकार पौडेल माथी जनप्रतिनिधि गुरुङ् जाईलागेका हुन् ।
महिलाहरुका लागी संचालित तालिमका बारे आफुलाई जानकारी नगराएको भन्दै वडा सदस्य गुरुङ्ले आफु माथी प्रतिशोधपुर्ण र निन्दनिय कार्य गरेको पौडेलले बताए । विगतदेखी नै वडामा संचालन हुने गरेका योजना तथा कार्यक्रमहरुका बारे चासो राख्ने गरेका पौडेलले आफुलाई त्यसो नगर्न गुरुङ्ले बारम्बार धम्कीपुर्ण भाषाको समेत प्रयोग गर्ने गरेको बताएका छन् । पछिल्लो समय वडामा वितरण गरिएको विपन्न परिवारका लागी आएको माहुरी घारमा भएको दुरुपयोग, छोरेपाटनदेखी स्याङ्याको नुवाकोट जोड्ने सडक खण्डमा भैरहेको ढिलासुस्ति लगायतमा चासो राखेको विषयलाई लिएर गुरुङ्ले आफु माथी आक्रमण गरेको पिडित पौडेलले बताएका छन् ।
आफ्नो इतिहासको समेत हवला दिएका गुरुङ्ले केटाहरु लगाएर आफु र आफ्नो मिडियालाई सिध्याउने धम्की दिएपछि सुरक्षाको माग गर्दै छोरेपाटन प्रहरीमा उजुरी दिएको समेत पौडेलले जानकारी दिए । पौडेलल सुर्य हिमाल अनलाईन कम्पनिद्धारा संचालित जन्मभुमि साप्ताहिक तथा जन्मभुमि डटकम अनलाईन पत्रिकाका संचलक हुन् । यसअघि उनी पोखराको रेडियो सफलतामा आवद्ध थिए । आफुमाथी भएको दुव्र्यवहारका विषयमा वडा अध्यक्षलाई समेत जानकारी गराएको र जनप्रतिनिधि भैसकेपछि जनताका चासोको विषयलाई लिएर हातपात सम्मको निन्दनिय कार्य गर्नु मानविय आचारण र कानुन विपरीत भएको वडा अध्यक्षले बताएका पौडेलले उल्लेख गरेका छन् ।