नेपाल–भारत मैत्री संघमा जगन गुरुङ

पोखरा, असोज ४ ।
नेपाल–भारत मैत्री संघको तेश्रो अधिवेशनले जगन गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डा. वीरबहादुर कार्की, सचिवमा जयराम पौडेल र कोषाध्यक्षमा मीरा आचार्य चयन भए ।

सदस्यमा इ.विष्णु पौडेल, डा तरुणकान्त झा, गिरीराज गौतम, सुन्दरकुमार श्रेष्ठ, उदयकान्त तिवारी, कर्णेल कमानसिंह गुरुङ, कर्णेल चेतबहादुर गुरुङ, बजिरमान श्रेष्ठ, शालिकराम भट्टर्राई, योगराज पौडेल, धर्मराज आचार्य, मीनराज काफ्ले, गीता आचार्य, सीता बास्तोला, गीताकुमारी लामिछाने, शान्ता कोइराला र ज्योतिबाबु पौडेल छन् ।

नौ सदस्यीय सल्लाहकारमा पूर्व सांसद शारदा पौडेल, सांसद विन्दुकुमार थापा, उद्योगपति गणेशबहादुर श्रेष्ठ, सुशीलकुमार गोशली, डा अशोककुमार चौराशिया, अधिवक्ता रोहितराज बास्तोला, डा कालु शर्मा, समाजसेवी नरेन्द्रमान लालचन र सञ्चारउद्यमी दुर्गादेवी बास्तोला चयन भए । निर्वाचन समिति संयोजक अधिवक्ता रमेश पौडेलले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष जगनबहादुर गुरुङले आफ्नो कार्यकालमा मैत्री संघले ऐतिहासिक रुपमा काम गर्ने प्रतिबद्धता जाहेर गरे । यसअघि, अधिवेशन उद्घाटन गर्दै नेपाल–भारत मैत्री संघका केन्द्रिय अध्यक्ष राजकुमार सिन्धीले मैत्री संघले दुई देशको सम्बन्ध प्रगाढ बनाई नेपालमा धार्मिक पर्यटन वृद्धि गर्न लागिपरेको बताए ।

संस्थाका निवर्तमान अध्यक्ष ऋषि सापकोटाले मैत्री संघले दुई देशको सम्बन्ध सुदृढमात्र नभई दुवै क्षेत्रका नागरिकको स्वास्थ्य, शिक्षा र सामाजिक विकासमा काम गरेको बताए ।