नेपालले जित्यो १२ स्वर्ण, तालिकामा शीर्ष स्थानमा

 

काठमाडौं, मंसिर १६ ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ ।

नेपालले हालसम्म १२ ओटा स्वर्णपदक जितेको छ । नेपालले करातेमा ६, तेक्वान्दोमा ५ तथा ट्रायथलनमा १ स्वर्णपदक जितेको छ । नेपालले दुईओटा रजतपदक पनि हासिल गरेको छ ।

त्यसैगरी भारतले ट्रायथलनमा, पाकिस्तानले कराँतेमा, श्रीलंकाले तेक्वान्दोमा र बंगलादेशले तेक्वान्दोमा एकरएक स्वर्णपदक जितेका छन् ।
(ईमेजखबरबाट साभार)