’निर्मलालाई सामूहिक वलात्कार’ महेन्द्रनगरका चार युवा काठमाडौं ल्याइयो

काठमाण्डौं, मंसिर २१ ।
१३ वर्षीया किशोरी निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

आजको नयाँ पपत्रिका दैनिक लेख्छ–प्रारम्भिक आधार भेटिएको भन्दै सिआईबीको टोलीले उनीहरुलाई धनगढी हुँदै हवाईजहाजबाट बिहीबार साँझ काठमाडौं ल्याएको हो ।

घटनालगत्तै महेन्द्रनगर खटाइएका सिआईबीका अंगुर जिसी निलम्नमा परेपछि अनुसन्धानमा पठाईएका डिएसपी कमल थापको टोलीले महेन्द्रनगर भगतपुरका दिनेश चौधरी र बिशाल चौधरीसहित चारजनालाई पक्राउ गरेको हो । समूहका एक सदस्यका रुपमा प्रदीप रावल मंगलबारदेखि नै वृत्त महाराजगन्जका थुनामा छन् ।

‘अहिलेसम्मको अनुसन्धानमा सामूहिक बलात्कारपछि नै निर्मलाको हत्या भएको देखिन्छ । त्यसैले पाँचजनालाई हिरासतमा लिएका छौँ । अनुसन्धानको प्रगतिबाट हामी आशावादी छौँ’ एक प्रहरी अधिकारीले भने । यद्यपी डीएनए रिपोर्ट आएपछि मात्रै वास्ताविकता पत्ता लाग्ने ती अधिकारीले बताए ।