धम्पुसमा पर्यटक गाडी जल्यो, गाडी चालक घाइते

पोखरा, मंसिर १७ ।
कास्कीको धम्पुसमा पर्यटक गाडी आगलागी हुँदा एकजना घाईते भएका छन् । माछापुच्छ्रे गाउँपालिका ७ फेदीमा भे १ य ७ नम्बरको गाडी पर्यटक छोडेर फर्कने क्रममा स्टार्ट गर्न लाग्दा आगलागी भएको हो ।

आगलागीबाट गाडी चालक म्याग्दीका अन्दाजी ४५ बर्षिय कुमार ठकुरी घाईते भएका छन् । उनको पोखरामा उपचार भैरहेको छ । गाडी पूर्ण रुपमा क्षति भएको छ । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ ।

File Photo