दलित अगुवा भवे सार्कीको स्मृतिमा बटुक भोजन तथा शैक्षिक सामग्री वितरण
पोखरा, भदौ ८ ।
दलित आन्दोलनका अगुवा समाजसेवी तथा शिक्षा प्रेमी स्व. भवे सार्कीको पाँचौ स्मृति दिवसको अवसरमा बटुक भोजन एवम शैक्षिक सामग्री वितरण गरिएको छ ।
निरङ्कुस सत्तालाई फालेर सबैले समान रुपले बाच्नुपर्छ भनि लड्ने योद्धा भवे सार्की सबैको नेता रहेको नेपाली कांग्रेस कास्कीकि नेतृ सरस्वती गुरुङले बताइन् । मानव भएर बाच्न पाउनुपर्छ भन्दै अभियान थाल्ने सजक नेता गुमेको आभास अझै भएको उनले बताइन् । “सहज बाताबरणमा जो पनि हिड्नसक्छ, परिवारमा मात्र नभइ सिङ्गो राज्यकै समस्या बोकेर हिडेको व्यक्ती, जो भोक भोकै पनि देशको लागि हिडे” उनले बताइन् । राजनितिको साथ साथै शिक्षाको क्षेत्रमा समेत अमुल्य योगदान दिएको बताइन् । “भवे दाइको समयमा परिवर्तन हुन निकै कठिन थियो अहिले केही सहज छ, अब टेक्नोलोजीमा जानू पर्छ, देशको छुवाछूत, बिभेदको अन्त्य गरेमात्र दाइको आत्माले शान्ति पाउछ” गुरुङले भनिन् । भवे सार्की स्मृति प्रतिस्ठानको स्थापनाको लागि सहयोग गर्ने प्रतिवद्वता समेत व्यक्त गर्नुभयो । भबे सार्की कास्की र कांग्रेसको मात्र नभइ सिङो देशको अगुवा रहेको बताइन् । सोहिक्रममा बोल्दै गुरुङले गण्डकी प्रदेशकै जेठो विद्यालयमा टेक्नोलोजी भित्र्याउनु पर्ने बताइन् ।
कास्की कांग्रेसका सालिन योद्धाको रुपमा समेत चिनिने स्व. भवे सार्कीको स्मृतिमा संस्कृत मा.वि पोखरामा बटुक भोजन तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।
२०५८ साल देखि राजा विरोधी आन्दोलनको नेतृत्व गरेका भवे सार्कीको पछाडि हिड्दै गर्दा पार्टीप्रतिको योग्दान देख्दा पार्टीले एउटा असल र इमान्दार नेतालाइ गुमाएको नेविसंघका केन्द्रिय सदस्य भानु ढकालले बताए । “कांग्रेसले भवे सार्कीको योगदानलाइ उच्च सम्मानका साथ हेरे पनि आधिकारी कांग्रेसले भने बिर्सेको छ । देशको राजनैतिक परिवर्तनको लागि करिब २० वर्ष जति दलित संघको नेतृत्व गरेको पाइन्छ, लामो समय जातिय छुवाछूतको लागि लड्दै सबै सम्मान भन्ने कुरा स्थापित गराए” ढकालले भने । लोकतान्त्रिक आन्दोलन गरेर गए पनि केही समस्या बाकी रहेको खण्डमा विचार अनुसरण गरि हिड्न पर्ने उनले बताए । देशमा लोकतन्त्र ल्याउने एक योद्धा आज छैन तर उहाँको सपना पूरा गर्न उहाँको छोरा अघि बढ्न पर्छ, समाज रुपान्तरण गर्ने जिम्मा छोरालाइ सुम्पिएर जानुभएको छ” उनले भने । दलित संघले दलित समुदायमै हुने विभेद हटाउन पर्ने र सबै जात जाती एकै रहेको भन्ने कुरा स्थापित गर्न सके मात्र भवे सार्कीको सपना पूरा हुने ढकालको धारणा छ । रविन्द्र प्रतिस्ठानको नाममा राज्यले जग्गा दिए भवे सार्की प्रतिस्ठान, बादल प्रतिस्ठानलाई समेत जग्गा दिनु पर्ने बताए ।
त्यस्तै नेपाल दलित संघ केन्द्रिय सदस्य पशरुराम वो पोखरेले दलित योद्धाको कमिको महसुस अझै भएको बताए । “भवे सार्की सबै संग घुलमिल हुन सक्ने व्यक्ती थिए । मृत्यु भन्दा पनि जिउदो हुँदै दिने माया नै ठूलो हो र यो भवे सार्कीमा थियो, सबैलाइ माया गर्थे सालिन नेता गुमाएका छौ” पोखरेलले भने । निकतम रुपले परिवार प्रती दिने देन भन्दा पनि पार्टिलाइ बढी देन दिएको व्यक्तिलाई पार्टिले बिर्सिएको हो कि भन्ने लागेको उनले बताए ।
स्व. भवे सार्कीका जेठा छोरा गोविन्द नेपालीले बुबाको राजनैतिक लगाव देखेर विदेश जाने मोह हराएको बताए । “विदेश गएको भए आज धेरै कमाइन्थ्यो, तर बुबाको सपना पूरा गर्नु छ त्यसैले राजनितीमा अएको हुँ” नेपालीले बताए । कांग्रेसले परिवारलाइ विर्से पनि परिवारले भने काङ्ग्रेसलाई नबिर्सने उनले बताए ।
वि.सं. २००० सालमा जन्मिएका सार्की २०२८ साल देखि राजनितिमा सक्रिय हुँदै २०४२ सालमा कांग्रेसका सक्रिय सदस्य भएका थिए । विपिको आदर्शलाइ जस्ताको तस्तै उतार्न सके मात्र नेपाली नागरिकले लोकतन्त्रको महसुस गर्ने सोच भएका सार्की जुत्ता सिलाएरै जिविकोपार्जन गर्थे । विपिवादका अनुयायी सार्कीको निधन २०७१ सल भदौमा भएको हो ।
कार्यक्रममा संस्कृत मा.विका प्रधानध्यापक गोविन्द सिग्देल, विद्यालय व्यवस्थापन समिती सदस्य गणेश थापा, नेपाल दलित संघ क्षेत्रीय सभापती मानबहादुर लाम्गादे, दलित संघ कास्की सभापती दुर्गाबहादुर सुनार, उपाध्यक्ष बाबुराम नेपाली, मनबहादुर वि. क लगाएतले आ–आफ्नो भनाइ राखेका थिए ।