तनहूँमा छिमेकीसँग मिलेर दिदीले गरिन् आफ्नै भाइको हत्या, तीनजना पक्राउ
पोखरा, फागुन ४ ।
आफ्नै भाइको हत्या गरि ईनारमा फाल्ने एक दिदी सहित अन्य २ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । यहि माघ २१ गते दिउँसो भानु नगरपालिका–९ काउरेटारमा स्थानियको बारीमा सिञ्चाईको लागि खनेको ईनार भित्र अपरिचित ब्यक्तिको शव सडेको अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
लामो समय अध्ययन गरेपछि मृतक सोही ठाउँका ३२ वर्षीय राजु बिक रहेको पुष्टि भएको थियो । घटनाबारे अनुसन्धान गर्दै जाँदा उनकै दिदी मनकुमारी विक सहित स्थानीय २४ बर्षिय आयुष विक र ३५ बर्षिया मनमाया विकलाई हत्या आरोपमा पक्राउ गरिएको हो ।
राजुलाई ३ जना मिलेर कुटपिट गरि नाम्लोले घाँटीमा बाँधेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको तनहुँ प्रहरी प्रबक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई म्याद थप गरि मुद्धा अघि बढाईएको छ ।