डिजल, पेट्रोल र ग्याँसको मुल्य मुल्य बढ्यो

पोखरा, भदौ २० ।
नेपाल आयल निगमले बुधबार मध्य राति लागू हुने गरी पुनः इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।

स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ । पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएसँगै पेट्रोलको नयाँ मूल्य १ सय १२ रुपैयाँ, डिजेल र मट्टितेलको ९८ रुपैयाँ र एलपी ग्यासको एक सिलिण्डरको मूल्य १४ सय रुपैयाँ पुगेको छ ।

निगमको संचालक समितिको आज बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो। अन्तर्रा्ष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य रुपमा वृद्धि भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य वृद्धि गर्नुपरेको आयल निगमले जनाएको छ ।