घाँटीमा बिस्कुट अड्किएर बालिकाको मृत्यु !

बिराटनगर, मंसिर २१ ।
सुनसरीको इटहरीमा घाँटीमा बिस्कुट अड्किएर एक बालिकाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका ४ का सञ्जीव चौलागाईंकी ६ वर्षिया छोरी श्रुतीको घाँटीमा बिस्कुट अड्किएर मृत्यु भएको हो ।

बिहीबार साँझ करिब ८ बजे बिस्कुट अड्किएपछि उपचारका लागि स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।