गण्डकी प्रदेश प्रमुखको प्रेस संयोजकमा माधव रेग्मी

पोखरा, साउन २७ ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रेस संयोजकमा माधव रेग्मी नियुक्त भएका छन् । केही साताअघि प्रदेश प्रमुख बनेर पोखरा आएका गुरुङले प्रेस संयोजकमा रेग्मीलाई जिम्मेवारी दिएका हुन् ।
दुई दशकअघि अन्नपूर्ण पोष्ट पत्रिकाबाट पत्रकारिता सुरु गरेका उनले यसअघि गोल्डेन आई टीभी, कास्की अभियान साप्ताहिक पत्रिका हुँदै न्यूज २४ टीभी र पोखरा टीभीमा काम गरे ।
हाल उनी न्यूसंचार डटकमको प्रदेश प्रतिनिधिका रुपमा कार्यरत छन् भने नेपाल प्रेस युनियन कास्कीका निवर्तमान उपाध्यक्ष सदस्य समेत हुन् । संविधानको व्यवस्था अनुसार प्रदेश प्रमुखको काममा निरन्तर सघाउने उनले बताएका छन् ।