कास्की काँग्रेसद्वारा जनजागरण अभियानका लागि समिति गठन

 

पोखरा, भदौ २१ ।

नेपाली काँग्रेस कास्कीले दोस्रो चरणको जनजागरण अभियानलाई लक्षित गरी २ वटा समिति निर्माण गरेको छ ।

कास्की काँग्रेसको बैठकले अभियानलाई प्रभावकारी बनाउनका लागि प्रचार र अनुगमन समिति गठन गरेको हो ।

पार्टीले जिल्ला सदस्य एवं नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको संयोजकत्वमा प्रचार समिति गठन गरेको छ ।

समितिको सदस्यमा जिल्ला सदस्यद्वय ओमप्रकाश गुरुङ, प्रेम तामाङ, नेपाल प्रेस युनियन कास्कीका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा र सचिव प्रदिप पौडेल छन् ।

बैठकले क्षेत्र नं १(क) मा बुद्विमान गुरुङ, १(ख) मा कृष्ण कार्की, क्षेत्र नं २(क) मा केशरप्रसाद निर्दाेषी, २(ख)मा देवराज चालिसे, क्षेत्र नं ३(क) मा रामचन्द्र त्रिपाठी र ३(ख)मा दीपक गुरुङको संयोजकत्वमा अनुगमन समिति गठन गरेको हो ।

बैठकले स्थानीय तह पुनसंरचना अनुसार कास्कीका क्षेत्र र प्रदेशमा जिम्मेबारी पाएका सभापतिलाई बधाई ज्ञापन गरेको छ ।

बैठक कास्की काँग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।

दोस्रो चरणको जनजागरण अभियान भदौ २४ देखि शुरु हुदैछ ।