कास्कीको माछापुच्छ्रेमा दुई समुह बीच हानाहान–एकजनाको मृत्यु, दुई घाईते

पोखरा, फागुन १८ ।
माछापुच्छ्रे गाउँपालिका २ च्याङ्लुङ्मा गाँउमा दुई समुह बिच झगडा हुदाँ एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका १६ लामाचौरका २२ बर्षिय मनोज गर्बुजाको मृत्यु भएको प्रदेश ४ प्रहरी कार्यलय पोखराका प्रहरी नायव उपरिक्षक गोविन्द्र पुरीले जानकारी दिए ।

झगडामा घाईते भएका तिन जनालाई उपचारको लागि अस्पताल ल्याएकोमा उपचारको क्रममा मनोज जनाको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका १६ लामाचौरका २६ बर्षिय लाल बहादुर गुरुङ र १८ बर्षिय शिव बानिया घाईते भई छन् । उनीहरुको झै-झगडामा संलग्न रहेको आशंकामा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई समुह बिच किन झगडा भयो खुलेको छैन ।