काँग्रेसले स्थानीय तहका प्रमुख र उपप्रमुख काठमाडौँ बोलायो, नेकपा शसंकित
काठमाण्डौं, भदौ ३ ।
अधिकांश स्थानीय तहमा कर निर्धारण र बृद्धिको विरोध भइरहेको छ । सर्वसाधारणले थेग्नै नसक्ने गरी स्थानीय तहमा कर निर्धारण र बृद्धि हुन थालेपछि कतिपयले संघीयतामाथि नै खतरा उत्पन्न हुने त होइन भन्ने प्रश्न समेत गर्न थालेका छन् ।
यस्तो प्रश्न उठिरहेका बेला प्रतिपक्षी दल काँग्रेसले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वा्चित प्रमुख र उपप्रमुखलाई काठमाडौँ बोलाएर ‘संघीयतामा कर प्रणालीको व्यवस्थापन’बारे प्रशिक्षण दिने तयारी गरेको छ ।
त्यसका लागि काँग्रेसले देशैभर आन्तरिक सर्कुलर पठाइसकेको जनाएको छ । काँग्रेसले यहि भदौ ११ गते देशैभरका गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख र उपप्रमुखलाई काठमाडौमा प्रशिक्षण दिन लागेको हो ।
काँग्रेसले आफ्नो पार्टीको तर्फबाट स्थानीय तहमा बिजयी भएका प्रमुख र उपप्रमुखलाई काठमाण्डौं बोलाएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सशंकित भएको छ ।