अपहरणमा परेको भनी प्रहरीलाई झुक्याउने पौडेल प्रहरी नियन्त्रणमा

पोखरा, असोज ७ ।
लेनदेनको विषयमा कुरा नमिलेपछि अपहरणमा परेको नाटक गर्ने पोखरा फुलवारीका नारायण प्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको छ । असोज ४ गते दिउसो साढे एक बजेको समयमा आफु अपहरणमा परेको जानकारी उनले परिवार मार्फत कास्की प्रहरीलाई जानकारी दिइएको र प्रहरीले खोजतलास गर्ने क्रममा पौडेल स्वयं आफै रुपन्देशी जिल्ला प्रहरी कार्यालमा पुगी आफु अपहरणमुक्त भएको भनी प्रहरीलाई जानकारी दिएका थिए ।

प्रहरीले रुपन्देहीबाट पोखरा ल्याइ अनुसन्धान गर्दा जग्गाको कारोवार गर्ने क्रममा पैसा लेनदेनमा कुरा नमिलेपछि विपक्षीलाई फसाउनका लागी आफु अपहरणमा परेको नाटक गरेको प्रहरी समक्ष स्वीकार गरेको कास्की प्रहरीले जनाएको छ । अपहरणमा परेको नाटक गर्ने पौडेललाई कास्की प्रहरीले सार्वजनिक मुद्धा मार्फत अनुसन्धान अगाडी वढाइरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राज कुमार केसीले जानकारी दिए ।