अचम्म ! पोखरामा १२ बर्षिया किशोरीले बच्चा जन्माईन्

पोखरा, मंसिर २५ ।
नेपालको कानून अनुसार विवाह हुन २० वर्ष पूरा भएको हुनुपर्छ । यसो भनिरहँदा अर्को प्रश्न मनमा आईहाल्छ अनि आमा बन्न ? पक्कैपनि आमा बन्न विवाह गर्ने उमेर भन्दा झनै बढि नै हुनुपर्ला नि !

तर पोखरामा अचम्मको घटना भएको छ । झट्ट सुन्दा पनि पत्यार लाग्न गाह«ो पर्ने घटना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी हस्पिटल)मा भएको हो । उक्त हस्पिटलमा सोमबार १३ वर्षकी एक बालिकाले स्वस्थ शिसु जन्माएर आमा बनेकी छिन् । नौ महिना गर्भमा राखेर छोरा जन्माएकी ति बालिकाको बच्चा साढे ३ किलो रहेको छ । अस्पताल श्रोतका अनुसार सामान्य सुत्केरी भएकी हुन ।

पहिले चिकित्कहरुले अपरेशन गर्नुपर्ने पनि हुनसक्ने भनेका थिए तर उनले नर्मल डेलीभरीमै बच्चा जन्माईन् । बच्चा र ती किशोरीको अवस्था सामान्य रहेको अस्पतालको प्रसुति विभागले जनाएको छ । बालिकाको घर स्याङ्जा हो । पेटमा गर्भ रहेको जानकारी भएपछि बालिकाकी आमाले अस्पताल लगेको र अस्पतालले महिला बालबालिका सेवा केन्द्रमा पठाईदियो । त्यसपछि सेवा केन्द्र मार्फत ती बालिका पोखराको नयागाउँस्थित थ्रि एन्जल्स नेपालद्वारा सञ्चालित पुर्नस्थापना केन्द्रमा बस्न सुरु गरिन् । त्यहा उनी विगत ४ महिनादेखि बस्दै आएकी थिईन् ।

अझै रोचक पक्ष के छ भने ती बालिका १२ वर्षकै उमेरमा एक १९ वर्षीय यूवकको प्रेममा थिईन् । प्रेममै रहेका बखत दुबैजनाबीच सहमतिमै यौन सम्पर्क भएको श्रोतले बतायो । तर नेपालको कानूनअनुसार १८ वर्ष भन्दा कम उमेरका बालिकालाई सहमतिमै यौन सम्पर्क गरेपनि बलात्कार भएको ठहर्छ । ती बालिकालाई करणी गर्ने युवक भने अहिले स्याङ्जास्थित कारागारमा रहेका छन ।
पत्रकार जीवन सुवेदीले कडा न्यूजका लागि यो खवर लेखेका हुन् ।