श्रेयाको परिवारलाई सरकारले दियो ५ लाख
पोखरा, पुस १३ ।
बलात्कारपछि हत्या गरिएकी श्रेया सुनारको परिवारलाई सरकारले राहत उपलब्ध गराएको छ । विहिबार पोखरा २२ पुम्दीभुम्दीकी ९ बर्षिया सुनारको परिवारलाई गृह मन्त्रालयको तर्फबाट जिल्ला प्रशासन कार्यालय कास्कीले ५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले उक्त रकम श्रेयाकी आमा बेलकुमारीलाई हस्तान्तरण गरेका हुन् । स्थानीय लीला आधारभुत विद्यालयमा भएको कार्यक्रममा बुढाले आर्थिक अवस्था कमजोर भएकाले सहयोग गरेको बताए ।
पोखरा २२ का वडाध्यक्ष मित्रलाल बरालले शान्ति सुरक्षाका लागि गृह प्रशासन चनाखो हुनुपर्ने बताए । उनले शान्ति सुरक्षा कायम गराउन स्थानीय तहले समन्वय गर्ने उल्लेख गरे । श्रेयाको हत्यारा कुसुम पौडेललाई बाचुञ्जेल जेलमा राख्न अदालतले आदेश गरिसकेको छ ।