शान्ती पत्रकारिता पुरस्कार राजबहादुर गुरुङलाई

पोखरा, भदौ १३ ।
नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको शान्ति पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार राजबहादुर गुरुङलाई पुरस्कृत गरिने भएको छ । रमेश पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले गुरुङलाई छनौट गरेको हो । समितिमा सदस्य सरस्वती गुरुङ, गीता विष्ट एवम् प्रतिष्ठानको तर्फबाट धर्मराज बराल (भोला) र कुञ्जन बराल रहेका छन् भने पदेन सदस्य प्रेस युनियनका अध्यक्ष शिरोमणी बराल र सचिव प्रकाशचन्द्र सापकोटा थिए ।

नेपाल प्रेस यूनियन कास्की द्वारा संञ्चालित पुर्ण प्रसाद बराल मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित गण्डकी प्रदेश स्तरीय शान्ति पत्रकारिता पुरस्कार २०७५ द्वारा पोखरामा आफ्नो कर्म थलो बनाइ लामो समय पत्रकारताको माध्यमबाट सेवा पुर्याउँदै आएका नेपाल प्रेस युनियन कास्कीका सल्लाहकार गुरुङलाई प्रदान गर्ने निर्णय भएको प्रेस युनियनका सचिव प्रकाशचन्द्र सापकोटाले जानकारी दिए ।

पुरस्कार भदौ २२ गते बिहान ८ बजे पोखरा उद्योग बाणिज्य संघ को अमृत कक्षमा महयोगी सिद्धबाबा १००८ डा. वैश्नव कृष्णदास जी महाराजले प्रदान गर्नेछन् । पत्रकारितामा स्नातक गरेका गुरुङ २०५१ साल देखि स्थानिय तथा राष्ट्रिय मिडियाहरु जनसत्ता साप्ताहिक, सुचना साप्ताहिक, सन्ध्याकालिन दैनिक, देशान्तर, बिमर्श, तरुण, घटना र बिचार, जनमन्थन, सगरमाथा टेलिभिजन, युनाइटेड दैनिक लगायतमा सम्बादाता, प्रकाशक, सम्पादक भई काम गरेका छन् ।

उनी नेपाल पत्रकार महासंघद्वारा सन्चालित गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार, तमु (गुरुङ) संचारकर्मी संघ नेपाल द्वारा सन्चालित “तमु पत्रकारिता पुरस्कार, तमु संस्कृतिक प्रतिष्ठान द्वारा सञ्चालित पार्बता पत्रकारिता पुरस्कार, कर्म–कर्ण पत्रकारिता पुरस्कार तथा दर्जनौं संघ, संस्था बाट सम्मानित भईसकेका छन् ।

पोखरा, भदौ १३ ।
नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको शान्ति पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार राजबहादुर गुरुङलाई पुरस्कृत गरिने भएको छ । रमेश पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले गुरुङलाई छनौट गरेको हो । समितिमा सदस्य सरस्वती गुरुङ, गीता विष्ट एवम् प्रतिष्ठानको तर्फबाट धर्मराज बराल (भोला) र कुञ्जन बराल रहेका छन् भने पदेन सदस्य प्रेस युनियनका अध्यक्ष शिरोमणी बराल र सचिव प्रकाशचन्द्र सापकोटा थिए ।

नेपाल प्रेस यूनियन कास्की द्वारा संञ्चालित पुर्ण प्रसाद बराल मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित गण्डकी प्रदेश स्तरीय शान्ति पत्रकारिता पुरस्कार २०७५ द्वारा पोखरामा आफ्नो कर्म थलो बनाइ लामो समय पत्रकारताको माध्यमबाट सेवा पुर्याउँदै आएका नेपाल प्रेस युनियन कास्कीका सल्लाहकार गुरुङलाई प्रदान गर्ने निर्णय भएको प्रेस युनियनका सचिव प्रकाशचन्द्र सापकोटाले जानकारी दिए ।

पुरस्कार भदौ २२ गते बिहान ८ बजे पोखरा उद्योग बाणिज्य संघ को अमृत कक्षमा महयोगी सिद्धबाबा १००८ डा. वैश्नव कृष्णदास जी महाराजले प्रदान गर्नेछन् । पत्रकारितामा स्नातक गरेका गुरुङ २०५१ साल देखि स्थानिय तथा राष्ट्रिय मिडियाहरु जनसत्ता साप्ताहिक, सुचना साप्ताहिक, सन्ध्याकालिन दैनिक, देशान्तर, बिमर्श, तरुण, घटना र बिचार, जनमन्थन, सगरमाथा टेलिभिजन, युनाइटेड दैनिक लगायतमा सम्बादाता, प्रकाशक, सम्पादक भई काम गरेका छन् ।

उनी नेपाल पत्रकार महासंघद्वारा सन्चालित गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार, तमु (गुरुङ) संचारकर्मी संघ नेपाल द्वारा सन्चालित “तमु पत्रकारिता पुरस्कार, तमु संस्कृतिक प्रतिष्ठान द्वारा सञ्चालित पार्बता पत्रकारिता पुरस्कार तथा दर्जनौं संघ, संस्था बाट सम्मानित भईसकेका छन् ।