राष्ट्रपति भण्डारी पर्सी म्यानमार जाने
काठमाडौं, असोज २७ ।
राष्ट्रपति विद्यादेवी भण्डारी पर्सी म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन् ।
राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन माइन्टको नियन्त्रणमा पाँच दिने भ्रमणमा जान लागेकी हुन् । उनले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्वीपक्षीय सम्बन्धबारे कुराकानी गर्ने्छिन् ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन यु लायनमा पनि भेट्ने छन् । उनले यंगुनको ऐतिहासिक स्थानहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमेत सहभागी हुनेछन् ।
(अनलाइनखबरबाट साभार)