पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनमा राष्ट्रिय शोकको घोषणा, भोलि सार्वजनिक विदा

काठमाण्डौं, फागुन १५ ।
सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय छ । अकल्पनीय, अप्रत्यासीत र दुःखद घटनाले राष्ट्रलाई अपुरणीय क्षति भएको सरकारले बताएको छ । नेपाल सरकार यस दुःखद घडीमा अत्यन्त गहिरो दुःख र शोक व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ’ निर्णयमा भनिएको छ ।

बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सवार ७ जनाकै मृत्यु भएको छ ।