फ्याफुल्ला सहकारीद्धारा विद्यार्थीलाई आर्थिक सहयोग

पोखरा, कार्तिक २३ ।
फ्याफुल्ला महिला बचत तथा ऋण सहकारी संस्था पोखराले आफ्नो छैटौ बार्षिकोत्सवको अवसरमा जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । भद्रकाली उच्च मा.विमा अध्ययन गर्ने दुई छात्रालाई संस्थाले सहयोग गरेको हो । कक्षा ७ मा अध्ययन गर्ने आरती बराल र कक्षा ३ मा अध्ययन गर्ने खुस्वु भण्डारीलाई १२÷१२ हजार गरी २४ हजार रुपैया सहयोग गरेको संस्थाकी सचिव पवित्रा तामाङले जानकारी दिईन् ।
सहकारकिो संचालक समितीको उपस्थितीमा विद्यालयको प्रार्थना समयमा रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु तामाङ, विद्यालयका प्राचार्य घनश्याम रिजालले बोलेका थिए । विद्यार्थीलाई आर्थिक सहयोग गर्दा विपन्न परिवारका विद्यार्थीलाई अध्ययनको वातावरण बन्ने र हौसला मिल्ने प्राचार्य रिजालले बताए ।