प्रेमीसंग मिलेर श्रीमानको हत्या (घटना कसरी भयो ?)

पोखरा, भदौ २२ ।
केही समय अघि सन्धिखर्क नगरपालिका १२ बस्यालटोला नजिकै बोरामा फालेको अवस्थामा भेटिएको शव श्रीमतीले आफ्नो प्रेमीसँग मिलेर श्रीमानको हत्य गरी फालेको खुलासा भएको छ । प्रहरीको अनुसान्धनले श्रीमतीले आफ्नो प्रेमीसँग मिलेर श्रीमानको हत्या गरी फालेको निष्कर्ष निकालेको हो ।

कपिलवस्तु बाँणगंगा ७ धैरेनीडाँडा निवासी ३३ वर्षिया राधा घर्तीमगरले प्रेमी रुकुम घर बताउने रमेश विकसँग मिलेर ३६ वर्षीय श्रीमान धनबहादुर घर्ती मगरको हत्या गरी फालेको पुष्टि भएको छ । हत्या गरेर बोरामा बाँधेर जंगलमा फालेको राधा र उनको माइती परिवारले स्वीकार गरेको जिल्ला प्रहरीले जनाएको छ ।

धनबहादुरको शव सन्धिखर्क नगरपालिका १२ बस्याल टोलाको चिलीयाथुम खोल्सामा गत १८ गते सोमबार बेबारिसे अवस्थामा भेटिएको थियो । बेबारिसे शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

शव भेटिएको दुई दिनपछि कपिलवस्तुको बाँणगंगा ७ धैरेनीडाँडा बस्ने धनबहादुरको शव हुन सक्ने भन्दै गत मंगलबार राति राधालाई जिल्ला अस्पतालमा देखिएको थियो । तर राधाले आफ्नो श्रीमान नभएको भनि फर्किइन्। प्रहरीले ‘राम्रोसँग हेर्नुस् हुन सक्छु’ भन्दा ‘मेरो श्रीमानलाई मैले भन्दा अरु कस्ले चिन्न सक्छ’ भनी उनी घर फर्केकी थिइन् ।

राधामाथि शंका लगेर फेरी प्रहरीले राधालाई बोलाएर शवको बारेमा अनुसन्धान सुरु र्गयो । प्रहरीले राधालाई हिरासतमा राखेर अनुसन्धान गर्दा उनले आफ्ना प्रेमीले हत्या गरेको खुलासा गरिन् । हत्या गरेर बोरामा बाँधेर फालेको उनले स्वीकार गरिन् ।

कसरी भयो धनबहादुरको हत्या ?
दशैँमा आउँछु भनेर धनबहादुर बागलुङ गएका थिए । त्यही मौकामा रमेश विक विदेशबाट आएर राधाको घरमा तीन दिन बसेका थिए । १२ गते राधा, राधाकी आमा र रमेश तीनै जना माइती सन्धिखर्क गएका थिए ।

उनीहरु माइती गएका बेला धनबहादुर घर्ती मगर अचानक घर आए । घर आउँदा श्रीमतीलाई नदेखेपछि उनले फोन गरे । त्यसपछि राधा माइत गएको थाहा भयो । उनलाई नसोधी माइती जाँदा राधा र धनबहादुरबीत विवाद भएको थियो ।

धनबहादुर १३ गते साँझ एक्कासि ससुराली पुग्दा उनदे श्रीमती अपरिचित मान्छेसँग देखे । आफ्नी श्रीमती परपुरुषसँग देखेपछि उनीहरुबीच विवाद चुलियो । विवादले उग्र रूप लिँदा त्यहीबीच धनबहादुरको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसान्धानबाट खुलेको हो ।

राधिकाको बुबा आमा र राधिकालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।